काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९।५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यस्तै बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र त्यसपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।