काठमाडौं । फागुन १९ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन, मंगलबार २ हजार ५०० रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।