free website hit counter

नेपाललाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले भने, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन्। शनिबार उनले सामाजिक सञ्जालमा लेख्दै नेपालले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका हुन्। उनले लोकतान्त्रिक अधिकारलाई उत्साहसाथ प्रयोग गरेकोमा खुसीसमेत व्यक्त गरेका छन्। यस्तै आगामी दिनमा नेपालको नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उनले बताए। नजिकको मित्र र छिमेकीको रूपमा, भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहनेछ, उनले भनेका छन्।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार