free website hit counter

म्युचुअल फण्ड सञ्चालनको तयारीमा प्रभु बैंक

beemaadmin
२०७६ माघ १४, मंगलवार

काठमाडौं । प्रभु बैंकले म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ। फण्डको व्यवस्थापन प्रभु क्यापिटलले गर्नेछ। म्युचुअल फण्डको नाम प्रभु म्युचुअल फण्ड रहनेछ। बैंकले सो कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

बैंकले म्युचुअल फण्ड सञ्चालनको लागि योजना व्यवस्थापकका रुपमा अनुमति दिन माग गरेको हो। उसले दिएको निवेदन अनुसार बोर्डले पाँच जना कोष सुपरिवेक्षक नियुक्त गर्न निर्देशन दिएको थियो। निर्देशन बमोजिम उसले नियुक्ति प्रकृया सकाएको छ। जसलाई अध्ययन सकेर बोर्डले अनुमति दिने अन्तिम तयारी गरेको हो।

बैंकले कोष प्रबद्र्धकका रुपमा नियमनकारी निकायको अनुमति पाए लगत्तै आफ्नो सहायक कम्पनीलाई योजना अघि बढाउन निर्देशन दिनेछ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार