free website hit counter

सन नेपाल लाइफद्वारा वृक्षरोपण सम्पन्न

beemaadmin
२०८२ चैत्र ९, सोमबार

काठमाडौं । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा अन्तराष्ट्रिय जंगल दिवसको अवसरमा डोटी जिल्लाको आदर्श गाँउपालिका वडा न ७, दडीमाडा गाँउमा सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेको छ । कम्पनीको ८ औँ बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै ८ हजार विरूवा वृक्षरोपण गर्ने अभियान अन्तर्गत १ हजार विरूवा रोपेको हो । सन नेपाल लाइफ इन्स्योरेन्सका सुदुर पश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीको प्रमुख आतिथ्यमा उक्र कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम, सन नेपाल लाइफ इन्स्योरेन्सका डडेल्धुराका शाखा प्रमुख खगराज शाहलगायत स्थानीयहरूको सहभागितामा कागतीका विरूवाहरू वृक्षरोपण तथा हस्तान्तरण गरिएको छ ।

सम्बन्धित समाचार