काठमाडौं । चैत १८ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबार बढेको सुन र चाँदीको मूल्य, यस दिन पनि बढेको हो। यस दिन सुनको मूल्य प्रतितोला सात हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।