free website hit counter

राष्ट्रिय जीवन बीमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

beemaadmin
२०८२ चैत्र ३०, सोमबार

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान) को दोस्रो वार्षिक साधारण सभा आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६० सम्पन्न भएको छ। उक्त साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ का वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै, कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तार सम्बन्धी विभिन्न विषयहरूमा समेत विस्तृत छलफल भएको छ। साधारण सभामा प्रस्तुत प्रस्तावहरू सर्वसहमत पारित भएका छन् भने कम्पनीको आगामी कार्यदिशा तथा रणनीतिका विषयमा पनि महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। कम्पनीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार