free website hit counter

सिभिल बैंकले खोल्यो प्रदेश कार्यालय

beemaadmin
२०७६ माघ १५, बुधबार

पोखरा । संघीय नेपालको अवधारणाअनुसार सिभिल बैंकले आफ्नो संरनालाई संघीय ढाँचामा रुपान्तरण गरेको छ । सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिका–१० मा स्थापना गरेको छ । बैंकको शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे ।

उद्घाटन कार्यक्रमका मुख्य मन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालयको स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गर्दै बैंकको उपस्थितिविना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्कतालाई केन्द्रविन्दुमा राख्दै अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बताएका थिए भने बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्गले बैंकलाई यहाँसम्म ल्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार