free website hit counter

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड को चालू आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमाससम्म तीन अर्ब ३२ करोड ९३ लाख रुपियाँ नाफा कमाएको छ । बैंकले सोमबार जारी गरेको वित्तीय विवरणअनुसार अघिल्लो यही समयको नाफामा केही कमी भए पनि बैंकको व्यवसाय विस्तार र सञ्चालन क्षमता भने मजबुत देखिएको छ । सार्वजनिक अपरिष्कृत विवरण अनुसार बैंकले अघिल्लो वर्षको चैत मसान्तसम्मको नाफाको तुलनामा ३.७१ प्रतिशतले कम नाफा हासिल गरेको छ । तर, बैंकको खुद ब्याज आम्दानी बढेर ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। साथै, कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशतले वृद्धि भएर ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुगेको छ, जसले बैंकको आम्दानी स्रोतहरू विस्तार भइरहेको संकेत गर्छ। यद्यपि सञ्चालन मुनाफा भने केही दबाबमा देखिएको छ, जुन ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ। यसले खर्च व्यवस्थापन वा अन्य सञ्चालन लागत बढेको संकेत गर्न सक्छ। बैंकको कुल व्यवसायको आकार भने उल्लेखनीय रूपमा ठूलो रहेको छ। चैत मसान्तसम्म बैंकले ३ खर्बभन्दा बढी निक्षेप संकलन गर्दै २ खर्ब ५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ। यसले बजारमा बैंकको उपस्थिति अझै बलियो रहेको देखाउँछ । अर्कोतर्फ, खराब कर्जा अनुपात घटेर ०.६१ प्रतिशतमा झर्नु बैंकका लागि सकारात्मक पक्ष हो। यसले कर्जा व्यवस्थापनमा सुधार आएको देखाउँछ।

सम्बन्धित समाचार