free website hit counter

नेपाल बैंकको नाफा घट्यो

beemaadmin
२०७६ माघ १५, बुधबार

काठमाडौं । नेपाल बैंकको नाफा घटेको आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरणमा नेपाल बैंकको खुद नाफा १ अर्ब ३५ करोड रहेको देखिएको छ । यो अघिल्लो वर्षको भन्दा १८.६७ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही समयमा यो नाफा १ अर्ब ६६ करोड रुपैंया थियो ।

ब्याजदर उच्च रुपमा बढे पनि बैंकको निक्षेपको आकार भने स्थिर छ । अघिल्लो वर्ष ११७ अर्ब २० करोड रहेको निक्षेप यो वर्ष ११७ अर्ब १२ करोडमा सीमित भएको छ । निक्षेप स्थिर रहे पनि बैंकको कर्जाको आकार भने ९२ अर्बबाट बढेर ९८ अर्ब पुगेको छ । कर्जाको आकार उल्लेख्य रुपमा बढेका कारण नेपाल बैंकको यो अवधिको ब्याज आम्दानीमा उल्लेख्य रुपमा बढेको छ । यो अवधिमा बैंकको कुल ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैंया पुगेको छ । अघिल्लो वर्ष यो आकार ५ अर्ब रुपैंया मात्रै थियो । निक्षेपको आकार नबढे पनि ब्याज खर्च १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब ९९ करोड पुगेको पुगेको छ, यो नै बैंको नाफा घटाउने प्रमुख कारण हो ।

बैंकको पुँजीकोष अनुपात १७.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २।६६ प्रतिशत, कस्ट अफ फण्ड ५।१९ प्रतिशत, आधार ब्याजदर ७.८२ प्रतिशत र ब्याजदर अन्तर ४.४४ प्रतिशत छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार