काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएपछि उक्त पदका लागि आवेदन आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले मंगलबार सूचना जारी गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार, प्रकाशित मितिबाट ७ दिनभित्र अर्थात् वैशाख २१ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ।
यसअघि वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि पद रिक्त भएको हो। उनलाई २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त गरिएको थियो।
नयाँ अध्यक्ष सिफारिसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्।
उक्त समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी उपयुक्त उम्मेदवार छनोट गर्नेछ र अन्तिम सिफारिस सरकारसमक्ष पेश गर्नेछ।
यस्ताे छ याेग्यता
