free website hit counter

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा प्याकुरेल मनोनीत

beemaadmin
२०८३ बैशाख १९, शनिबार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल पुनर्बीमा कम्पनीमा राजु प्रसाद प्याकुरेललाई सञ्चालक बनाएका छन्। मन्त्री वाग्लेले प्याकुरेललाई सोमबार पुनर्बीमा कम्पनीको सञ्चालक मनोनयन गरेका हुन्। प्याकुरेलले मंगलबार पदबहाली गरेका छन्। नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समिति अध्यक्षबाट सुरेन्द्र पौडेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ। पौडेलले चैत २० गते राजीनामा दिएका थिए। उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पौडेल गत माघ १८ गते निलम्बनमा परेका थिए। पौडेलविरुद्ध अख्तियारले १२ करोड ४७ लाख २२ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

सम्बन्धित समाचार