free website hit counter

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। जेठ १ गते शुक्रबार सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँले कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ कायम रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार