free website hit counter

तेस्रो पक्ष बीमाको सीमा  १० लाख रुपैयाँसम्म 

beemaadmin
२०८३ जेष्ठ १६, शनिबार

काठमाडौं । सरकारले सवारीसाधनको तेस्रो पक्ष बीमाको बीमांक रकम बढाएर १० लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले लामो समयदेखि पुनरावलोकन हुन नसकेको तेस्रो पक्ष बीमाको सीमा वृद्धि गर्ने नीति अघि सारेको हो। हाल तेस्रो पक्ष बीमाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध हुँदै आएको छ।

सरकारले सडक दुर्घटनाबाट प्रभावित हुने सर्वसाधारणलाई थप राहत प्रदान गर्ने उद्देश्यले बीमांक रकम दोब्बर बनाउन लागेको जनाएको छ।

यस्तै, सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा दुर्घटना निगरानी गर्ने विशेष उपकरण (एक्सिडेन्ट डिभाइस) जडान गर्नुपर्ने व्यवस्था लागू गरिने बजेटमा उल्लेख गरिएको छ।

बजेटले दुर्घटना बीमा, घातक रोग बीमा तथा ढुवानी बीमालाई समेत क्रमशः अनिवार्य बनाउने नीति लिएको छ। सरकारले यी व्यवस्थामार्फत नागरिकको आर्थिक सुरक्षा बढाउनुका साथै बीमाको पहुँच र दायरा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

सम्बन्धित समाचार