free website hit counter

ककरोच पार्टीले मोदी सरकारलाई दियाे सातदिने चेतावनी

beemaadmin
२०८३ जेष्ठ २४, आईतवार

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सात दिनको अल्टिमेटम दिएको छ।

शनिबार नयाँदिल्लीस्थित जन्तरमन्तरमा आयोजित विरोध प्रदर्शनका क्रममा पार्टीका प्रवक्ता आशुतोष रांकाले शिक्षामन्त्री प्रधानलाई तत्काल पद छाड्न आग्रह गर्दै सरकारले माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

प्रदर्शनपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा रांकाले शनिबारको कार्यक्रमलाई आन्दोलनको सुरुआत मात्र भएको बताए। उनले सरकारलाई सात दिनको समय दिइएको उल्लेख गर्दै धर्मेन्द्र प्रधानले स्वेच्छाले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्री मोदीले उनलाई पदमुक्त गर्नुपर्ने माग राखे।

‘आजको प्रदर्शनलाई सामान्य विरोध मात्र नठानियोस्। यो त केवल ट्रेलर हो,’ रांकाले भने, ‘हामी सरकारलाई सात दिनको समय दिन्छौँ। यदि शिक्षामन्त्री धर्मेन्द्र प्रधान लोकतन्त्रप्रति जिम्मेवार छन् भने उनले राजीनामा दिनुपर्छ। अन्यथा प्रधानमन्त्री मोदीले उनलाई बर्खास्त गर्नुपर्छ। त्यसो नभए हामी पुनः सडकमा उत्रिनेछौँ।’

सम्बन्धित समाचार