free website hit counter

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौं । जेठ २९ गते, शुक्रबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला पाँच हजार ३०० रुपैयाँले र चाँदी तोलामा १९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रतितोला चार हजार ८४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार