free website hit counter

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

beemaadmin
२०८३ असार २, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

अख्तियार स्रोतका अनुसार अर्याललाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो। हाल उनीसँग आयोगको टंगालस्थित कार्यालयमा बयान लिने कार्य भइरहेको छ।

राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका क्रममा महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताइएको छ।

Advertisement
Advertisement

यसअघि आयोगले राहदानी विभागबाट उक्त ठेक्कासम्बन्धी आवश्यक कागजातहरू नियन्त्रणमा लिएर अध्ययन गरिसकेको थियो। कागजातहरूको प्रारम्भिक अध्ययनपछि थप अनुसन्धानका लागि अर्यालसँग बयान लिन थालिएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार