free website hit counter

अन्तराष्ट्रिय मुद्रा कोषको नेतृत्वमा क्रिस्टालिना

beemaadmin
२०७६ भाद्र २५, बुधबार

अर्थ बिमा समाचारदाता
अन्तराष्ट्रिय मुद्रा कोषमा बुल्गेरियाकी अर्थबिद् तथा विश्व बैंकको पूर्व सिइओ क्रिस्टालिना जर्जियभाको नेतृत्व हुने भएको छ ।
अन्तराष्ट्रिय मुद्रा कोषले बिज्ञप्ती जारी गर्दै यूरोपमा लामो समयसम्म आर्थिक क्षेत्रमा क्रिस्टालिनाले राखेको पकड र नेतृत्वको कदर गर्दै कोषको नेतृत्वका लागि क्रिस्टालिना जर्जियभा एकमात्र उम्मेदवार भएको जानकारी दिएको छ ।
अब क्रिस्टालिना पूर्व प्रमुख क्रिस्टिना लागार्डको उत्तराधिकारीका रुपमा आइएमएफ सम्हाल्नु हुने भएको छ ।
अर्थ्बिद् क्रिस्टालिनाले यसअघि बुल्गेरियाको इयू कमिसनरका रुपमा काम गरिसक्नुभएको छ ।
अर्थ्बिद् क्रिस्टालिनासँग लामो अनुभव र विज्ञता भए तापनि विकसित अर्थतन्त्रहरुको बित्तीय समस्यासँग भने उहाँको पकड कम रहेकोले उहाँले कोषको नेतृत्व सम्हालेसँगै थुप्रै चुनौतिहरुको सामाना गर्नुपर्ने निश्चित छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार