free website hit counter

बढ्यो सनराइजको नाफा

beemaadmin
२०७६ माघ १७, शुक्रबार

काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकले आफ्नो खुद नाफालाई बढाएर ९४ करोड रुपैंया पुगेको छ । अघिल्लो वर्ष सोही समयमा बैंकको नाफा ७९ करोड रुपैंया थियो ।

बैंकले पुस मसान्तसम्ममा ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ८९ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा ७÷७ बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप ७४ अर्ब ४३ करोड र कर्जा ६८ अर्ब ८६ करोड रुपैंया थियो ।

पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब ९४ करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा १३ करोड रुपैंयाले बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८१ करोडले बढाएर ८ अर्ब ९६ करोड रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा ८५ करोड रहेको देखिएको छ ।

सनराइज बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ४९ करोडबाट बढेर ४ अर्ब ९६ करोड पुग्दा ब्याज खर्च २ अर्ब ७७ करोडबाट २ अर्ब ९१ करोड रुपैंया पुगेको बैंकले जनाएको छ । अरु बैंकहरुको ब्याज खर्च यो अवधिमा उच्च गतिले बढ्दा पनि सनराइजको यस्तो खर्चमा संयमता देखिएको हो । कर्मचारी खर्च भने ५२ करोडबाट बढेर ७० करोड र अन्य सञ्चालन खर्च करिब २६ करोडबाट ३१ करोड रुपैंया पुगेको देखिएको छ ।

पुस मसान्तसम्म सो बैंकको पुँजीकोष अनुपात १७.१४ प्रतिशत छ यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । निष्क्रिय कर्जा अनुपातलाई १.६९ प्रतिशतबाट १.२६ प्रतिशतमा झार्न सफल भएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार