free website hit counter

सूर्यज्योति लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

beemaadmin
२०८३ असार २०, शनिबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) २०२५ अवार्ड अन्तर्गत जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ।

काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित सीएफओ कन्क्लेभ–२०२६ तथा राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन–२०२५ पुरस्कार वितरण समारोह मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीका तर्फबाट उक्त सम्मान ग्रहण गरेका हुन्।

कम्पनीका अनुसार यो सम्मानले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा सरोकारवालामुखी सूचनाको प्रभावकारी प्रस्तुतीकरणप्रति कम्पनीको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

सूर्यज्योति लाइफले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा कम्पनीको वित्तीय अवस्था, संस्थागत रणनीति, दिगोपन तथा सुशासनका अभ्यासलाई प्रचलित मापदण्डअनुसार प्रभावकारी रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

यस अवसरमा कम्पनीले बीमित, शेयरधनी, नियामक निकाय, अभिकर्ता, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति निरन्तर विश्वास, साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ।

कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिँदै नवीन जीवन बीमा सेवा र उच्चस्तरीय ग्राहक सेवा प्रदान गरी सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्बन्धित समाचार