free website hit counter

माघ २७ बाट एनएलजीको  बुक क्लोज

beemaadmin
२०७६ माघ १८, शनिबार

 

काठमाडौं । चुक्ता पुँजी पुर्याउने चटारोमा रहेको एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न एनएलजी इन्योरेन्सले बुकक्लोज मिति तय गरेको छ। कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्।इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको गत जेठ १४ गते सम्पन्न विषेश साधारण सभाले बीमा समितिले निर्धारण गरेको न्यूनतम चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित समाचार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार