free website hit counter

सिटिजन लाइफको कुल बीमाशुल्क बढ्यो, नयाँ व्यवसायमा छलाङ

beemaadmin
२०८३ श्रावण ३, आईतवार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा व्यवसाय विस्तारमा उल्लेखनीय सफलता हासिल गर्दै कुल बीमाशुल्क संकलन २४.१२ प्रतिशतले वृद्धि गरेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीको व्यवसाय वृद्धिमा प्रथम (नयाँ) बीमाशुल्क को उल्लेखनीय योगदान रहेको छ। अघिल्लो वर्ष २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ रहेको प्रथम बीमाशुल्क समीक्षा अवधिमा ३८.२ प्रतिशत बढेर ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, पुराना बीमितबाट संकलन हुने नवीकरण बीमाशुल्क पनि १७.६ प्रतिशत ले बढेको छ। अघिल्लो वर्ष ५ अर्ब १५ करोड ४९ लाख रुपैयाँ रहेको नवीकरण बीमाशुल्क बढेर ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्क दुवै क्षेत्रमा दोहोरो अंकको वृद्धि हासिल हुनु कम्पनीप्रति ग्राहकको विश्वास, बजार विस्तार र प्रभावकारी व्यवसायिक रणनीतिको परिणाम भएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को उपलब्धिले सिटिजन लाइफलाई जीवन बीमा क्षेत्रमा अझ सशक्त र प्रतिस्पर्धी कम्पनीका रूपमा स्थापित गर्न सहयोग पुगेको छ।

सम्बन्धित समाचार