free website hit counter

सलिकोले ३०औँ वार्षिकोत्सव मानव सेवा आश्रममा भोजन गराएर मनायो

beemaadmin
२०८३ श्रावण ३, आईतवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो ३०औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानव सेवा आश्रममा आश्रित वृद्ध तथा अशक्त व्यक्तिलाई भोजन गराएर मनाएको छ।

वार्षिकोत्सवको अवसरमा विराटनगर–पोखरियास्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा आश्रममा आश्रय लिइरहेका ७१ जना वृद्ध तथा अशक्त व्यक्तिलाई भोजन गराइएको कम्पनीले जनाएको छ।

सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमका अनुसार कम्पनीले वार्षिकोत्सवलाई औपचारिक समारोहभन्दा सामाजिक सेवासँग जोड्दै प्रत्येक वर्ष यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत संस्कृतिको महत्वपूर्ण हिस्सा मानेर आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार