free website hit counter

बीमा दाबी अब डिजिटल ट्र्याकिङमा

beemaadmin
२०८३ श्रावण ९, शनिबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउन डिजिटल ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्देशन दिएको छ।

प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सबै बीमा कम्पनीले तीन महिनाभित्र दाबी प्रक्रियाको डिजिटल ट्र्याकिङ प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार बीमितले दाबीको सूचना बीमा कम्पनीलाई दिएको क्षणदेखि दाबी परीक्षण, मूल्याङ्कन, स्वीकृति तथा भुक्तानीसम्मका प्रत्येक चरणको अवस्था वास्तविक समयमा डिजिटल माध्यमबाट हेर्न सक्नेछन्।

प्राधिकरणका अनुसार यस प्रणालीले बीमकको दाबी व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउनेछ भने बीमितले पनि आफ्नो दाबीको प्रगतिबारे समयमै जानकारी पाउनेछन्।

प्राधिकरणले सबै बीमा कम्पनीलाई आवश्यक प्रविधिगत पूर्वाधार तयार गरी निर्धारित समयभित्र डिजिटल ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।

सम्बन्धित समाचार