काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तो भएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ र चाँदी ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ र चाँदी ४ हजार ३१० रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ६३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।