free website hit counter

प्रभु महालक्ष्मी लाइफका उत्कृष्ट कर्मचारी र शाखा सम्मानित

beemaadmin
२०८३ श्रावण १८, सोमबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख सम्मेलन (ब्रान्च म्यानेजर कन्फ्रेन्स) सम्पन्न गरेको छ। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ को रणनीति, उत्कृष्ट कर्मचारी तथा शाखाको सम्मान र व्यवसाय विस्तारसम्बन्धी तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरेका थिए। उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय व्यवसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा योगदान पुर्‍याउने कर्मचारी, अभिकर्ता तथा बीमितप्रति आभार व्यक्त गरे।

सीईओ प्रसाईंले आगामी आर्थिक वर्षका लागि कम्पनीको व्यवसायिक रणनीतिबारे जानकारी गराउँदै निर्धारित लक्ष्य हासिल गर्न सबै कर्मचारीलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

सम्मेलनमा देशभरका व्यवस्थापन टोली, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जुटिभसहित करिब २०० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुटिभ तथा अन्य कर्मचारीलाई विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोरप्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै सेवा प्रवाह र व्यवसायिक कार्यसम्पादनमा थप सुधार गरी आगामी दिनमा कम्पनीलाई अझ ठूलो सफलता दिलाउन सबैले समन्वयका साथ काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमअन्तर्गत सहभागीहरूलाई ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा विशेष प्रशिक्षण समेत प्रदान गरिएको थियो।

सम्बन्धित समाचार