free website hit counter

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत

beemaadmin
२०८३ श्रावण २४, आईतवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धन तथा रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गतको रिलायबल समृद्धि योजना–२ का इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्।

कम्पनीका अनुसार योजनाका इकाइ २०८३ साल साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन्। यी इकाइको दोस्रो बजार कारोबार भने साउन २५ गतेदेखि सुरु हुनेछ।

नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति पाएको योजनाको इकाइको अन्तिम बाँडफाँट असार ४ गते सम्पन्न भएको थियो।

बन्दमुखी सामूहिक लगानी कोषका रूपमा सञ्चालित योजनामा कुल १२ करोड ५० लाख इकाइ छन्। प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ रहेको योजनाको कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। योजनाको अवधि १० वर्ष तोकिएको छ।

रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार