free website hit counter

कृषिमा लगानी कम हुँदा नेपाल बंगलादेश बैंकलाई ४ करोड जरिवाना

beemaadmin
२०७६ माघ १९, आईतवार

काठमाडौं । कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो । तर एनबी बैंकले गत आर्थिक वर्षमा कृषिमा मात्रै थोरै मात्रै रकम  कम भएको बताउँदै यसपाली भने कृषिमा पनि तोकिएको लगानी पुग्ने दाबी गरेको छ । कृषिमा थोरै लगानी भए पनि अन्य प्राथमिकताप्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५÷७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बैंकले गराउने गरेको छ । तर एनबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामै तोकिएको लगानी पुरा भइसकेको बताएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार