free website hit counter

हिमालयन बैंकको नाफा १,०४१ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ श्रावण २९, शुक्रबार

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १,०४१.१६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नाफा उल्लेख्य बढे पनि खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १० अर्ब ४५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा घटेर ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ।

Advertisement
Advertisement

त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब १५ करोड रुपैयाँबाट घटेर १ अर्ब ६ करोड रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड रुपैयाँ र सञ्चालन मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

निक्षेप बढ्यो, कर्जा घट्यो

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन बढेको छ। अघिल्लो आर्थिक वर्षको ३ खर्ब ९ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

तर, कर्जा प्रवाह भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह गत आर्थिक वर्षमा घटेर २ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ।

खराब कर्जा ७.९६ प्रतिशत

बैंकको खराब कर्जा अनुपात ७.९६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको बैंकले समीक्षा अवधिमा यस्तो रकम घटाएर २ अर्ब ८९ करोड रुपैयाँमा सीमित गरेको छ।

चौथो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ भने वितरणयोग्य मुनाफा पनि ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको रिजर्भ भने २६ अर्ब ८० करोड रुपैयाँ धनात्मक रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी ६० पैसाबाट बढेर ६ रुपैयाँ ५६ पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ८५१ रुपैयाँ ४ पैसा र तरलता अनुपात ३५.३२ प्रतिशत कायम भएको छ।

सम्बन्धित समाचार