free website hit counter

स्वर्गीय माता सरिता पाण्डेको जन्मोत्सवमा वृद्धवृद्धालाई भोजन वितरण

beemaadmin
२०८३ श्रावण २९, शुक्रबार

लामो समयदेखि बीमा व्यवसायमा सक्रिय तथा अर्थ बीमाका सल्लाहकार विक्रान्त पाण्डेले आफ्नी ममतामयी स्वर्गीय माता श्रीमती सरिता पाण्डेको जन्मोत्सवको स्मृतिमा असहाय तथा वृद्धवृद्धालाई भोजन वितरण गरी सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्नुभएको छ।

स्वर्गीय सरिता पाण्डेको जन्मोत्सवको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई भोजन वितरण गरिएको थियो। सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै पाण्डेले आमाको जन्मदिनलाई सेवामूलक कार्यसँग जोड्नुभएको हो।

           

उक्त मानवीय सेवामूलक कार्यमा सामाजिक संस्था मिसन स्माइलले समेत सहयोग गरेको थियो। सहयोगका लागि पाण्डेले मिसन स्माइलप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ।

 

सो अवसरमा पाण्डेले स्वर्गीय आमाको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो। उहाँले समाजमा रहेका असहाय, वृद्ध तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सेवामा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने बताउनुभएको छ।

आफ्नी आमाको जन्मोत्सवलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी असहाय तथा वृद्धवृद्धाको सेवामा समर्पित गर्ने पाण्डेको यस कार्यले सामाजिक सद्भाव, करुणा र मानवीय सेवाको सकारात्मक सन्देश दिएको छ।

         

सम्बन्धित समाचार