free website hit counter

एसियन लाइफको बीमाशुल्क र जीवन बीमा कोषमा दोहोरो वृद्धि

beemaadmin
२०८३ श्रावण ३०, शनिबार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ४१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा सामान्य बढेको हो।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस आधारमा समीक्षा अवधिमा कम्पनीको नाफा १.१९ प्रतिशतले वृद्धि भएको छ।

Advertisement
Advertisement

बीमाशुल्क आर्जन १३ प्रतिशत बढ्यो

कम्पनीको बीमाशुल्क आर्जनमा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षमा कम्पनीले १० अर्ब ६४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षमा यस्तो बीमाशुल्क ९ अर्ब ४० करोड ८६ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन १३.१३ प्रतिशतले बढेको हो।

जीवन बीमा कोष ५३ अर्ब नाघ्यो

बीमाशुल्क आर्जनमा भएको वृद्धिसँगै कम्पनीको जीवन बीमा कोषको आकार पनि उल्लेख्य रूपमा बढेको छ।

गत असार मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ सञ्चित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा जीवन बीमा कोष १२.९७ प्रतिशतले वृद्धि भएको हो।

प्रतिशेयर आम्दानीमा पनि सुधार

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ८० पैसा रहेको ईपीएस बढेर गत आर्थिक वर्षमा ७ रुपैयाँ ८९ पैसा पुगेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५३.१२ गुणा कायम भएको छ।

समग्रमा, एसियन लाइफले गत आर्थिक वर्षमा बीमाशुल्क आर्जन, जीवन बीमा कोष र प्रतिशेयर आम्दानीमा सुधार गर्दै नाफामा समेत सामान्य वृद्धि कायम गरेको देखिएको छ।

सम्बन्धित समाचार