free website hit counter

हिमालयन डिष्टिलरीले बढायो नाफा

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ करोड ४० लाख खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ करोड ८२ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ बिक्रीबाट आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड १४ लाख रुपैयाँ कम हो। हरेक वर्ष मदिराको अन्तः शुल्क दरमा वृद्धि हुने गरेकोले उपभोक्ताको क्रय शक्तिको तुलनामा उत्पादित स्वदेशी मदिरा महंगा हुन पुगेकोले मूख्य गरी २५ युपि र ३० युपि शक्तिका मदिराहरुको बिक्रीवतरणमा कमी आएको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको उत्पादन खर्च २ करोड ६७ हजार घटेर ३ करोड ८९ लाख रुपैयाँ र बिक्री लागत ४ करोड २१ लाख घटेर ४६ करोड ४६ लाखमा सीमित भएको छ। ५७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ८ रुपैयाँ ५३ पैसा घटेर ८७ रुपैयाँ ८३ पैसा कायम भएको छ। कम्पनीको उत्पादन खर्चसँगै अन्य खर्चहरु घटेका कारण खुद नाफामा वृद्धि देखिएको हो।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार