काठमाडौं । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दाहाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
दाहालमाथि बीमा प्राधिकरणको अध्यक्ष रहँदा पदीय अधिकारको दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रकम नियमविपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न लगाएको आरोप छ।
अदालतले दाहालबाट १५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राख्दै मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।