काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्य पुनः उच्च स्तरमा पुगेको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यससँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा एकैदिन भएको उल्लेख्य वृद्धिले उपभोक्ता तथा व्यवसायी दुवै प्रभावित भएका छन्।