काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार बबरमहलबाट पौडेललाई पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरणले ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरेको निरीक्षणसम्बन्धी प्रतिवेदनका आधारमा बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
प्राधिकरणको निरीक्षण प्रतिवेदनमा उल्लेखित विषयमाथि अनुसन्धान अघि बढाउने क्रममा पौडेललाई पक्राउ गरिएको ब्युरोले जनाएको हो।