free website hit counter

नेपाल इन्स्योरेन्सद्वारा विपद् राहत कोषमा ५० लाख सहयोग

beemaadmin
२०८३ भाद्र १६, मंगलवार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।

नेपाल इन्स्योरेन्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।

सम्बन्धित समाचार