काठमाडौं । शिखर इन्स्योरेन्सले भदौ १० गतेको भोटेकोशी बाढीबाट भएको क्षतिसम्बन्धी बीमा दाबीका लागि विभिन्न तहमा सम्पर्क व्यक्ति तोकेको छ।
कम्पनीले आज सूचना जारी गर्दै कम्पनीमा दर्ता भएका तथा दर्ता हुन बाँकी बीमा दाबीका सम्बन्धमा आवश्यक जानकारी, सहजीकरण र प्रभावकारी समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको जनाएको हो।
बाढीबाट भएको क्षतिसम्बन्धी बीमा दाबीका लागि बीमित तथा अन्य सरोकारवालाले बागमती प्रदेश प्रमुख सन्तोष पाण्डेसँग ९८०११७४३४२ र प्रदेश उपप्रमुख सीताराम अर्यालसँग ९८०११८४८५३ मा सम्पर्क गर्न सक्नेछन्।
त्यस्तै, नुवाकोट शाखाका सुरेन्द्र राईलाई ९८०१९१२४११ र मधुसुदन घिमिरेलाई ९८०१९१२४१० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। नौबिसे शाखाका विवेक भण्डारीको सम्पर्क नम्बर ९८०१९१२४०२ तोकिएको छ।
केन्द्रीय दाबी विभागतर्फ श्रीजन चापागाईंलाई ९८०२३२०८२०, अमिर विष्टलाई ९८०२३३६४६५, निर्मल थापालाई ९८०१२३५१०३ र निरज शाक्यलाई ९८०१२३७७१७ मा सम्पर्क गर्न सकिनेछ।
कम्पनीका अनुसार यी सम्पर्क व्यक्तिहरूमार्फत भोटेकोशी बाढीबाट भएको क्षतिसम्बन्धी दाबी प्रक्रियाका लागि आवश्यक जानकारी लिन, कागजात बुझाउन तथा दाबी मूल्यांकन र फर्छ्यौटसम्बन्धी विषयमा समन्वय गर्न सकिनेछ।
शिखर इन्स्योरेन्सले भोटेकोशी बाढीबाहेकका अन्य बीमा दाबीका सम्बन्धमा पनि सूचना जारी गरेको छ। कम्पनीबाट बीमालेख खरिद गरी बीमालेखबमोजिम २०८३ जेठ १६ गतेदेखि साउन ३१ गतेसम्म दाबी निवेदन दिएका तर हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात उपलब्ध नगराएका बीमित तथा उनीहरूका प्रतिनिधिलाई कम्पनीले सम्पर्कमा आउन आग्रह गरेको छ।
त्यस्ता बीमित तथा प्रतिनिधिले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक कार्यालय, शाखा कार्यालय वा कम्पनीका सर्भेयरसँग सम्पर्क गर्नुपर्नेछ।
कम्पनीले तोकिएको २१ दिनभित्र सम्पर्कमा आई आवश्यक कागजात बुझाएर आफ्नो दाबी प्रक्रियालाई अघि बढाउन आग्रह गरेको छ। तोकिएको अवधिभित्र दाबी फर्छ्यौटका लागि सम्पर्कमा नआएमा सम्बन्धित दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।