free website hit counter

आठौं घरजग्गा मेला हुँदै

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौं । काठाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला २०२० आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आगामी बैशाख ४ गतेदेखि ७ गते सम्म घरजग्गा मेला गर्न लागेको हो ।
मेलामा आवास तथा जग्गा विकास तथा शहरीकरणमा योगदान पु¥याएका व्यवसायीहरु र उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो उत्पादनको यथार्थ तथा वास्तविक स्थिति जानकारी गराउन सक्ने आयोजकले जनाएको छ ।
मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने संघले जनाएको छ ।
मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौती र समस्या समाधानका उपायसहितका जानकारीहरु गराउन सफल हुने विश्वास समेत संघले गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार