free website hit counter

सानिमा रिलायन्स लाइफद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

beemaadmin
२०८३ आश्विन २८, बुधबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने तथा शैक्षिक सामग्रीको उपलब्धता सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी र पेन्सिल वितरण गरेको हो ।

Advertisement
Advertisement

कम्पनीका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको अध्ययन तथा शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

शैक्षिक सामग्री वितरण कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा र साँखु उपशाखा प्रमुख रोजिना मानन्धरसहित कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

सम्बन्धित समाचार