free website hit counter

हिमालयन बैंकको प्रस्ताव राष्ट्र बैंकबाट अस्वीकृत

beemaadmin
२०७६ माघ २२, बुधबार

 

काठमाडौं । आफ्नो १० प्रतिशत प्रमोटर सेयर पब्लिकमा परिवर्तन गर्न हिमालयन बैंकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले अस्वीकार गरेको छ । हिमालयन बैंकमा सर्वसाधारणको सेयर हिस्सा १५ प्रतिशत मात्रै छ । राष्ट्र बैंकले नै सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउन बैंकलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार नै हिमालयन बैंकले १० प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पठाएको थियो ।

 

हिमालयनले पब्लिक सेयरको हिस्सा १५ प्रतिशत बढाउनु पर्ने भएकोले १० प्रतिशत मात्रै परिवर्तन गर्ने प्रस्ताव राष्ट्र बैंकले अस्वीकार गरेको हो । राष्ट्र बैंकले हिमालयन बैंकलाई एकैपटक १५ प्रतिशत प्रमोटर सेयर पब्लिक गराउने प्रस्ताव ल्याउन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार