free website hit counter

वित्तीय जागरण अभियानमा मुक्तिनाथ

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं । आम नागरिकमा वित्तीय जागरण ल्याउने अभियान स्वरु  मुक्तिनाथ विकास बैंकले यही माघ १५ गतेबाट धादिङ जिल्लाबाट शुरुवात गरेको छ ।

मुक्तिनाथ विकास बैंकले ‘आजको आवश्यकता, सबैमा वित्तिय साक्षरता’ भन्ने आशय सहित समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने भएको छ ।

अभियान अन्तर्गत बैंकले धादिङको गल्छी गाँउपालिका– ९ बैरेनी स्थित गाउँपालिका भवनमा गरेको थियो । त्यसैगरी, बैंकले माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय धुनीवेशी ९ धार्केमा वित्तीय जागरण कार्यक्रम गरेको थियो । दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकसँग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार