free website hit counter

सनराइजका ग्राहकलाई अन्नपूर्णमा छुट

beemaadmin
२०७६ माघ २२, बुधबार

 

काठमाडौं । समय सापेक्षा सेवा तथा सुविधा विस्तार गर्दै सबै क्षेत्रमा बैकिङ पहुँच पुर्याउने अभियान थालेको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई होटल अन्नपूर्णमा छूटको व्यवस्था मिलाएको छ ।

सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज तथा पोखरा स्थित फिस्टेल लजमा फूड, वेभरेज अनि वेकरीमा भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरेर १५ प्रतिशत सम्मको छुट लिन सक्नेछन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार