free website hit counter

सांसद खगेन्द्र सुनारमाथि कारबाहीबारे रविले सभामुखसँग गरे छलफल

beemaadmin
२०८३ कार्तिक १४, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महिला हिंसाको आरोपमा मुछिएका सांसद खगेन्द्र सुनारमाथि कारबाही गर्ने विषयमा सभामुख डोलप्रसाद अर्यालसँग छलफल गरेका छन्।

लामिछानेले बिहीबार सिंहदरबार पुगेर सभामुखसँग करिब आधा घण्टा कुराकानी गरेका थिए। सभामुखनिकट स्रोतका अनुसार छलफलमा सुनारमाथि कारबाहीको विषयमा लामिछानेले चासो राखेका थिए।

Advertisement
Advertisement

एक महिलामाथि हिंसा गरेको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। पार्टीको अनुशासन आयोगले गठन गरेको समितिले प्रमाण संकलन र बयान लिइसकेको छ। समितिले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्ने तयारी गरेको छ। सुनारले भने अडियो आफ्नो भए पनि त्यसलाई तोडमोड गरिएको दाबी गरेका छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार