free website hit counter

एनआईसी एशियाले ल्यायो यस्तो चमत्कार

beemaadmin
२०७६ भाद्र २६, बिहीबार

काठमाडौं । देशभर शाखा सञ्जाल विस्तार गर्दै देशमै एक नम्बर बैंक बन्न सफल तथा ग्राहकलाई सरल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको एनआईसी एशिया बैंकले कर्मचारी लक्षित सुपर चमत्कारीक तलव बचत खाता सार्वजनिक गरेको छ । सो खातामा
दुर्घटना बिमाअन्तर्गत ६० लाखसम्मको बिमा सेवा प्रदान गर्ने भएको छ । दुर्घटना बिमाअन्तर्गत बिमितको सम्पूर्ण परिवारको लागि ६० लाख सम्मको बिमा सेवा प्रदान गर्ने बैंकले जनाएको हो ।

कर्मचारीहरुको तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता संचालनमा ल्याएको सुपर चमत्कारीक तलव बचत खाता शून्य मौज्दातर्मै खोल्न सकिने छ । सो खातामा ६.५० प्रतिशत ब्याज पनि उपलब्ध गराउने भएको छ । ५ जनाभन्दा बढी कर्मचारी कार्यरत जुनसुकै संस्था वा कम्पनीले यो योजनामा सहभागि हुन पाउने बताएको छ । शून्य मौज्दातमा नै खाता खोल्न सकिने यो खातामा कारोबार अवधिभरका लागि निःशुल्क इन्टरनेट बैंकिङ्गको सुविधा समेत प्रदान गरिएको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा २५ वटा चमत्कारीक विशेषताहरु सहितको बिभिन्न १५ नयाँ बचत निक्षेप योजना समेत सञ्चालनमा ल्याएको छ । त्यसैगरी, गम्भिर प्रकारको विरामी भएमा दम्पतीलाई २० लाख सम्मको बिमा सेवा दिने भएको छ । यसैगरी मेडिकल बिमातर्फ परिवारको सम्पूण सदस्यका लागि १ लाख ५० हजारको बिमा सेवा प्रदान गर्ने योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत खोलिएको खाताबाट नेपालभर कुनै पनि बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । बैंकले सोच बदलौं पुरै परिवारको लागि १ करोड ३० लाख भन्दा बढिको बिमा सुविधाको फाईदा उठाऔं भन्ने नारासहित अन्य विभिन्न चमत्कारिक बचत खाता योजना पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार