free website hit counter

आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा

beemaadmin
२०८३ कार्तिक २८, शुक्रबार

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ । यसअघि सरकारले छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Advertisement
Advertisement

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा छ । यही परम्परालाई मध्यनजर गर्दै छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर थप बिदा दिइएको उल्लेख छ ।

सरकारको यो निर्णयसँगै छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार र ३० गते सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

सम्बन्धित समाचार