free website hit counter

रिलायबल लाइफको बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ कार्तिक २९, शनिबार

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले समीक्षा अवधिमा २३.०६ प्रतिशतले वृद्धि गरेको हो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन पनि २३.८५ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

Advertisement
Advertisement

बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा वृद्धि भए पनि कम्पनीको नाफा भने घटेको छ। असोज मसान्तसम्म कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ११.३९ प्रतिशतले घटेको हो।

Advertisement
Advertisement

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको कोष ३५.३१ प्रतिशतले बढेको हो।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा शेयर प्रिमियम १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोष ३१ करोड ३ लाख रुपैयाँ र रिटेन्ड अर्निङ १ अर्ब १ करोड ७३ लाख रुपैयाँ रहेको छ। अन्य इक्विटी ६३ लाख १४ हजार रुपैयाँ छ।

त्यस्तै, कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.६३ रुपैयाँ कायम भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १९.९० रुपैयाँ थियो। कम्पनीको पीई रेसियो २६.०३ गुणा र प्रतिसेयर नेटवर्थ १५२.४५ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार