free website hit counter

एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क ४३ प्रतिशत बढ्यो,

beemaadmin
२०८३ मंसिर १, सोमबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। यससँगै कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ।

Advertisement
Advertisement

कम्पनीको बीमाशुल्क आर्जनमा पनि राम्रो वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन ४२.८३ प्रतिशतले बढेको छ।

Advertisement
Advertisement

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २०.०९ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा १७ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २१ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६३ लाख रुपैयाँ रहेको छ।

यसैगरी, कम्पनीको सञ्चित नाफामा पनि सुधार आएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड १७ लाख रुपैयाँ रहेको सञ्चित नाफा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर २ करोड १ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ३० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा कायम भएको छ।

कुल तथा खुद बीमाशुल्क आर्जनमा भएको वृद्धिसँगै घाटाबाट नाफामा फर्किनुले एनएलजी इन्स्योरेन्सको वित्तीय प्रदर्शनमा सुधार आएको देखाएको छ।

सम्बन्धित समाचार