free website hit counter

सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो

beemaadmin
२०८३ मंसिर १०, बुधबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। दुई दिन लगातार बढेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ थियो।

Advertisement
Advertisement

यसअघि सोमबार र मंगलबार गरी दुई दिनमा सुनको मूल्य कुल ५ हजार २०० रुपैयाँले बढेको थियो। तर, बुधबार भने एकैदिन भएको उच्च गिरावटले अघिल्ला दुई दिनको वृद्धिलाई उल्ट्याएको छ।

Advertisement
Advertisement

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। मूल्यमा आएको गिरावटसँगै सुनचाँदी खरिद गर्ने उपभोक्ताको चहलपहल बढ्न सक्ने व्यवसायीको अपेक्षा छ।

सम्बन्धित समाचार