free website hit counter

साताभरमा सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढ्यो

beemaadmin
२०८३ मंसिर १३, शनिबार

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको सुरुवातमा घटेको सुनको भाउ पछिल्ला कारोबार दिनमा पुनः उकालो लाग्दा समग्रमा प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको थियो। उक्त गिरावटपछि सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement
Advertisement

तर, सोमबार बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखियो। यस दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको थियो। मंगलबार पनि मूल्यमा सामान्य वृद्धि कायम रह्यो। उक्त दिन प्रतितोला थप ५ सय रुपैयाँ बढेर सुन २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भयो।

Advertisement
Advertisement

बुधबार भने सुनको मूल्यमा पुनः ठूलो गिरावट आयो। यस दिन प्रतितोला ६ हजार ५ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ४१ हजार ४ सय रुपैयाँमा झरेको थियो।

बुधबारको गिरावटपछि बिहीबार बजारमा सुनको मूल्यले पुनः गति लियो। उक्त दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा थप वृद्धि देखियो। यस दिन प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेर सुनको भाउ २ लाख ४६ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसरी साताको सुरुवातमा गिरावट देखिए पनि पछिल्ला दिनमा भएको

सम्बन्धित समाचार