free website hit counter

आइएमई लाइफले व्यतीत बीमालेख नवीकरणमा ४० प्रतिशत छुट दिने

beemaadmin
२०८३ मंसिर १३, शनिबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत (ल्याप्स) भएका बीमालेख नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा ४० प्रतिशत छुट दिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै व्यतीत बीमालेख पुनः सक्रिय गराउने ग्राहकलाई जरिवाना शुल्कमा छुट उपलब्ध गराउने जानकारी दिएको हो।

Advertisement
Advertisement

कम्पनीका अनुसार यो सुविधा आगामी मंसिर २२ गतेसम्म लागू हुनेछ। उक्त अवधिभित्र व्यतीत बीमालेख नवीकरण गराउने बीमितले लाग्ने जरिवाना शुल्कमा ४० प्रतिशत छुट पाउनेछन्।

Advertisement
Advertisement

बीमितलाई आफ्नो बीमालेख पुनः सक्रिय गराई बीमा सुविधा निरन्तरता दिन सहज बनाउने उद्देश्यले कम्पनीले यस्तो छुट योजना ल्याएको जनाएको छ।

सम्बन्धित समाचार